काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या नहुने बताएका छन्। उनले समाजमा गलत भाष्य बनिरहेको भन्दै गुनासो व्यक्त गरेका हुन्।
बिहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा उनले यस्तो भाष्य बनाइए पनि बीमा कम्पनी त्यस्तो नभएको बताएका हुन्।
उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझे पछि सहज हुने बताए। बीमा प्रति बुझाइको कारणले नै बीमा दाबीमा समस्या भएको उनको दाबी थियो।
‘यसको निष्पक्ष पारदर्शिता बीमाको ऐनमा बसेर फर्स्यौट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुन्छ,’ उनको भनाइ थियो।
उनले थप भने, ‘यो कुरा अहिले परिपक्व भइसकेको छ। बीमा प्राधिकरणले क गर्यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ। अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबाेर्डमा राख्नुपर्नेछ।’
सवारी साधन र मोबाइल बाहेक घरायसी सामानमा बीमा नदेखिएको उनको भनाइ थियो।
‘घरायसी सामानको लागि चाहिने सामानको लागि जोखिम पनि नदेखिने भएकोले बीमा नभएको हो,’ उनले भने।
कार्यक्रममा उनले इभी गाडीको ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डिप्रिसेसन काटिने समेत बताएका थिए।










