नाइमा एक्स्पोमा ट्रायम्फको नयाँ बाइक स्पिड टी४ सार्वजनिक, मूल्य साढे ६ लाख



बिजमाण्डू
२०८३ साउन २८ गते १४:१७ | Aug 13, 2026
नाइमा एक्स्पोमा ट्रायम्फको नयाँ बाइक स्पिड टी४ सार्वजनिक, मूल्य साढे ६ लाख


काठमाडौं। ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ स्पिड टी४ सार्वजनिक गरेको छ। नयाँ मोटरसाइकलसँगै नेपालमा ट्रायम्फको ४०० सीसी सेग्मेन्टको लाइनअप थप विस्तार भएको छ।

Tata
GBIME

ट्रायम्फ स्पिड टी४ को मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल मोडर्न क्लासिक रोडस्टर डिजाइनमा तयार गरिएको छ। यसमा क्लासिक लुकसँगै दैनिक प्रयोगलाई सहज बनाउने विशेषता दिइएको छ।

स्पिड टी४ मा ३४९ सीसी लिक्विड-कुल्ड इन्जिन छ। यसले ७ हजार ५०० आरपीएममा २९ पीएस पावर दिन्छ।

त्यस्तै, ५ हजार ५०० आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ। यसमा ६-स्पिड गियरबक्स छ। यसमा स्लिपर क्लच पनि उपलब्ध छ।

मोटरसाइकलको डिजाइन र ट्युनिङले कम गतिमा पनि राम्रो टर्क उपलब्ध गराउने कम्पनीको दाबी छ। यसले सहरको ट्राफिकमा चलाउन सहज बनाउँछ।

हाइवेमा क्रुज गर्न पनि उपयुक्त हुने बताइएको छ। उकालो सडकमा समेत यसको टर्कले सहज राइडिङ अनुभव दिने अपेक्षा गरिएको छ।

स्पिड टी४ मा ४३ एमएम फ्रन्ट फोर्क राखिएको छ। पछाडि एड्जस्ट गर्न मिल्ने मोनोशक दिइएको छ।

यो बाइकमा १७-इन्चका ह्विल छ। ब्रेकिङका लागि अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क दिइएको छ। सुरक्षाका लागि डुअल-च्यानल एबीएस उपलब्ध छ।

मोटरसाइकलमा एलईडी लाइट र डे-टाइम रनिङ लाइट पनि छन्। यसमा एनालग र डिजिटल डिस्प्लेको संयोजन गरिएको छ।

ट्रायम्फ स्पिड टी४ देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। ट्रायम्फ मोटरसाइकल्स नेपालले बिक्रीसँगै सर्भिस तथा जेन्युइन पार्ट्सको सुविधा पनि उपलब्ध गराउँदै आएको छ।