कुमारी बैंकको नाफा ७ अर्ब ३८ करोड रुपैयाँ, अधिकांश सूचक सकारात्मक



बिजमाण्डू
२०८३ साउन २७ गते १०:४९ | Aug 12, 2026
कुमारी बैंकको नाफा ७ अर्ब ३८ करोड रुपैयाँ, अधिकांश सूचक सकारात्मक


काठमाडौं। कुमारी बैंकको नाफा उच्च दरले बढेको छ। गत आर्थिक वर्षमा बैंकको नाफा ३०५.९६ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ८१ करोड रुपैयाँ थियो।

Tata
GBIME

जोखिममा परेको कर्जा असुली (राइट ब्याक) र ब्याज आम्दानीमा भएको वृद्धिले गर्दा बैंकको नाफा उल्लेख्य बढेको हो।

गत वर्ष बैंकले १ अर्ब ४३ करोड रुपैयाँ राइट ब्याक गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा नोक्सानी गरेको थियो।

बैंकको खराब कर्जा बढेको छ। अघिल्लो वर्ष ६.९६ प्रतिशत रहेको खराब कर्जा बढेर ७.७६ प्रतिशत पुगेको छ।

गत वर्ष बैंकले १० अर्बले व्यवसाय बढाएको छ। अघिल्लो वर्ष २ खर्ब ६० अर्ब कुल कर्जा लगानी रहेकोमा अहिले २ खर्ब ७० अर्ब पुगेको छ।

असार मसान्तसम्म बैंकको ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड रुपैया रहेको छ। साथै, बैंकको फि-कमिसन आम्दानी ३ अर्ब ३ करोडबाट बढेर ३ अर्ब ३९ करोड पुगेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ६.९४ रुपैयाँबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ। प्राथमिक पुँजीकोष अनुपात राम्रो सुधार देखिएको छ। असार मसान्तसम्म यस्तो अनुपात ९.९२ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ करोड रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक थियो। बैंकको वितरणयोग्य नाफा हेर्दा बैंकको लाभांश क्षमता ३.०२ प्रतिशत देखिन्छ।