अप्पर लोहरे खोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट, किन उचालियो एकाएक?



बिजमाण्डू
२०८३ साउन २६ गते १५:५९ | Aug 11, 2026
अप्पर लोहरे खोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट, किन उचालियो एकाएक?


काठमाडौं। सेयर बजार सूचक मंगलबार जम्मा ०.७९ अंक बढ्दा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो।

Tata
GBIME

कारोबार अवधिभर कम्पनीको सेयर भाउ धेरै बढेको थिएन। अन्तिममा प्रति कित्ता ५६.९० रुपैयाँ बढ्यो। अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य पोजेटिभ सर्किट लागेपछि प्रति कित्ता ४३६ रुपैयाँ पुगेको छ। कम्पनीको ७४ हजार ६८१ कित्ता सेयर किनबेच भएको छ।

बियरिस बजारमा समेत कम्पनीको सेयर मूल्य पछिल्लो समय उचालिएको छ। अप्पर लोहोरे हाइड्रोपावरको लकइन अवधि बिहीबार सकिँदैछ। लकइन खुल्नुअघि मूल्य उचालिएको हो। यसअघि गत बिहीबार पनि कम्पनीको मूल्य १५ प्रतिशतले बढेको थियो।

संस्थापकको २६ लाख र स्थानीयको २ लाख ६ हजार ७६० कित्तासहित हाइड्रोपावरको २८ लाख ४५ हजार कित्ता सेयर लकइनमा छ।

आइपीओ बाँडफाँट गरेपछि कम्पनीका संस्थापकले ३ वर्षससम्म सेयर किनबेच गर्न पाउँदैनन्। लकइन सकिएपछि संस्थापक सेयर साधारणमा परिणत हुने भएकाले दोस्रो बजारमा अन्तिमतिर मूल्य उचाल्ने गरिएको छ। लकइन खुल्ने बेलामा कम्पनीका संस्थापक सेयरधनीले नै मूल्य उचाल्ने गरेका छन्।

हाइड्रोपावरको चुक्ता पुँजी अहिले ५० करोड ९८ लाख रुपैयाँ छ। ४ मेगावाट विद्युत उत्पादन क्षमता भएको अप्पर लोहोरे आयोजना दैलेखमा छ।