सेयर बजारमा १३३ कम्पनीको बढ्यो मूल्य, सूचक २६४१.८५ विन्दुमा, ४ अर्ब ११ करोडको किनबेच



बिजमाण्डू
२०८३ साउन २६ गते १५:२० | Aug 11, 2026
सेयर बजारमा १३३ कम्पनीको बढ्यो मूल्य, सूचक २६४१.८५ विन्दुमा, ४ अर्ब ११ करोडको किनबेच


काठमाडौं। सेयर बजार अन्तिम समयमा सामान्य अंक बढेको छ। लगातार तीन दिन ओरालो लागेको बजार मंगलबार अन्तिममा ०.७९ अंक बढेर बन्द भएको हो। सूचक २६४१.८५ विन्दुमा पुगेको छ।

Tata
GBIME

कारोबारमा आएका बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहले बजार बढाएका हुन्।

१३३ कम्पनीको सेयर मूल्य बढेको छ। अन्तिममा अपर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कम्पनीको मूल्य प्रति कित्ता ४३६ रुपैयाँ पुगेको छ।

बजारमा ४ अर्ब ११ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको ४४ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिडीपावरको ३३ करोड ६७ लाख र ङादी ग्रुप पावरको १७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा १२२ कम्पनीको सेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर छ। महिला लघुवित्तको सबैभन्दा धेरै १४.९१ रुपैयाँले सेयर मूल्य घटेको छ।