नाइमाबाट वुलिङ ‘ब्याक टु मार्केट’, दुई नयाँ ईभी इक्सन र डारियनको मूल्य कति ?



बिजमाण्डू
२०८३ साउन २६ गते १४:३४ | Aug 11, 2026
नाइमाबाट वुलिङ ‘ब्याक टु मार्केट’, दुई नयाँ ईभी इक्सन र डारियनको मूल्य कति ?


काठमाडौं । चिनियाँ विद्युतीय सवारी ब्राण्ड वुलिङले नेपाली बजारमा दुई नयाँ विद्युतीय मोडल सार्वजनिक भएको छ। कम्पनीले इक्सन र डारियन मोडल आज नेपालमा लन्च गरेको हो।

Tata
GBIME

नाइमा मोबिलिटी एक्स्पोमा वुलिङले एकैपटक दुई नयाँ मोडल बजारमा उतारेको हो। नयाँ मोडलको प्रवेशसँगै नेपाली विद्युतीय सवारी बजारमा वुलिङको उत्पादन पोर्टफोलियो थप फराकिलो भएको छ।

विगतका वर्षहरुमा नेपालको यसको उपस्थिति कम हुँदै गरेको थियो। अब भने कम्पनी बजारमा ‘एग्रेसिभ’ रुपमा लाग्ने देखिएको हो।

कम्पनीले डारियोनको एमआरपी मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेकोमा नाइमा अफरमा ५७ लाख ९९ हजार रुपैयाँ राखेको छ।

यस्तै अर्को इक्सनको एमआरपी मूल्य ५७ लाख ९९ हजार रुपैयाँ राखिएकोमा नाइमा अफरमा ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा कम्पनीले बीमा नि:शुल्क गरेको पनि जनाएको छ।

एकसनको ५९.२ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा मोटर १५० किलोवाटको रहेको छ।