प्रधानमन्त्री बालेनले भारतीय राजदूतपछि चिनियाँ राजदूत माओमिङसँग पनि गरे भेटवार्ता



बिजमाण्डू
२०८३ साउन २५ गते १६:१४ | Aug 10, 2026
प्रधानमन्त्री बालेनले भारतीय राजदूतपछि चिनियाँ राजदूत माओमिङसँग पनि गरे भेटवार्ता


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्।

Tata
GBIME

प्रधानमन्त्री बालेनले चिनियाँ राजदूत माओमिङलाई सोमबार अपराह्न सिंहदरबारमा बोलाएर भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा बालेनले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने बताएको उनको सचिवालयले जनाएको छ।

राजदूत माओमिङले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

बालेनले सोमबार मध्याह्न भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए। उनले यसअघि विभिन्न देशका राजदूतलाई सामूहिकरुपमा मात्र भेटेका थिए।