ग्यास अभावले सत्तापक्षकै सांसद आक्रोशित, ‘सरकारको गैरजिम्मेवारीपनले नागरिक सिलिण्डर बोकेर मध्यरातसम्म लाइनमा’



बिजमाण्डू
२०८३ साउन २५ गते १६:०९ | Aug 10, 2026
ग्यास अभावले सत्तापक्षकै सांसद आक्रोशित, ‘सरकारको गैरजिम्मेवारीपनले नागरिक सिलिण्डर बोकेर मध्यरातसम्म लाइनमा’


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले ग्यासका लागि नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारको गैरजिम्मेवारीपन भएको बताएकी छिन्।

Tata
GBIME

प्रतिनिधि सभाको सोमबारको बैठकमा रास्वपा सांसद अधिकारीले एकातिर उत्पादित बिजुली खेर जाने र अर्कोतर्फ ग्यासका लागि मध्यरातसम्म बस्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको स्पस्ट पारिन्।

‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुन सक्छ ?’ उनले प्रश्न गरिन्।

सांसद अधिकारीले नागरिकको भान्सा सहज बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’ भन्ने आफूहरुको पूर्वप्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन्।