बालेनले विदेशी कूटनीतिज्ञसँग अन्तत: थाले एक्लाएक्लै वार्ता, पहिलो भेट पाउनेमा भारतीय राजदूत



बिजमाण्डू
२०८३ साउन २५ गते ११:५८ | Aug 10, 2026
बालेनले विदेशी कूटनीतिज्ञसँग अन्तत: थाले एक्लाएक्लै वार्ता, पहिलो भेट पाउनेमा भारतीय राजदूत


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्।

Tata
GBIME

बालेनले सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर भेटवार्ता गरेका हुन्।

बालेनले राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेको यो पहिलो पटक हो। भेटवार्तापछिको तस्वीर प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

प्रधानमन्त्री बालेनले श्रीवास्तवसामु भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताएका छन्।

राजदूत श्रीवास्तवले पनि दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि बालेनले राजदूतहरुलाई सामूहिकरुपमा मात्र भेटेका थिए।