अर्थमन्त्री वाग्लेले डाके बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, लगानी विस्तारका लागि आग्रह गर्ने



बिजमाण्डू
२०८३ साउन २५ गते ११:५१ | Aug 10, 2026
अर्थमन्त्री वाग्लेले डाके बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, लगानी विस्तारका लागि आग्रह गर्ने


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्न लागेका छन्।

Tata
GBIME

उनले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको सन्दर्भमा नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालकलाई छलफलका लागि डाकेका हुन्।

छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। छलफल मध्याह्न १२ बजे सुरु हुनेछ।

छलफलमा अर्थमन्त्री डा. वाग्लेले बहुराष्ट्रिय कम्पनीलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेस गर्न आग्रह गर्दैछन्।

अर्थमन्त्री डा. वाग्लेले यसअघि उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घराना, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गरेका थिए।