काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि सरल बचत फण्ड-इ ले इकाईधनीहरुलाई प्रतिफल दिने भएको छ।
आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ आसार मसान्तमा कायम इकाई पुँजी चार अर्ब एकासी करोड सत्र लाख पचपन्न हजार नौ सय अठहत्तर रुपैयाँ चालिस पैसाको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम पच्चीस करोड अठसठ्ठी लाख सत्र हजार एक सय अठासी रुपैयाँ सतासी पैसा बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको गरेको जनाइएको छ।
उक्त प्रतिफलको लागि २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने जनाइएको छ।
प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ। साथै, लाभांश पुनर्लगानी रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरि आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको भनिएको छ। पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिने जनाइएको छ।
एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता रहेको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।
लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न अनुरोध गर्दै कम्पनीले प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।









