कर्णाली विकास बैंक घोटाला प्रकरणमा ३ जना पक्राउ, तत्कालीन सीइओ र श्रीमती नियन्त्रणमा



बिजमाण्डू
२०८३ साउन २२ गते १४:४९ | Aug 7, 2026
कर्णाली विकास बैंक घोटाला प्रकरणमा ३ जना पक्राउ, तत्कालीन सीइओ र श्रीमती नियन्त्रणमा


काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) नीरज विक्रम शाह रहेका छन्।

Tata
GBIME

त्यस्तै, शाहकी श्रीमती सुवेक्षा श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुसँगै दिपा थापालाई पनि पक्राउ गरिएको छ। दिपा थापा भने बैंकका पूर्व सिइओ दिनेश राउतकी श्रीमती हुन्। साथै, उनी तत्कालिन नेपालगंज शाखा प्रबन्धक पनि हुन्।

यही प्रकरणमा प्रहरीले सवा तीन अर्ब रुपैयाँ विगो दाबी गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ।

गत वर्ष साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकका विभिन्न समयका संचालक, कर्मचारी र अन्य व्यक्तिको मिलेमतोमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित १११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सोही वर्ष साउनमै उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।