सेबोनले ल्यायो प्राथमिक बजार विकास श्‍वेतपत्र, आइपीओ बिक्री विधिमा एक वर्षभित्र हेरफेर



बिजमाण्डू
२०८३ साउन २२ गते ११:१५ | Aug 7, 2026
सेबोनले ल्यायो प्राथमिक बजार विकास श्‍वेतपत्र, आइपीओ बिक्री विधिमा एक वर्षभित्र  हेरफेर


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले प्राथमिक बजारको विकास सम्बन्धी श्‍वेतपत्र जारी गरेको छ। सेबोनले सार्वजनिक निष्कासनमा गर्नुपर्ने सुधारका विषय समेटेर ‘नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्‍वेतपत्र,’ निकालेको हो।

Tata
GBIME

श्‍वेतपत्रले प्राथमिक बजारको अवस्था र सुधारको दिशा प्रस्तुत गरेको छ। बजारमा गर्नुपर्ने नीतिगत, कानुनी, संस्थागत र कार्यान्वयन सम्बन्धी एकीकृत रूपरेखा दिएको छ।

प्राथमिक बजार सुधारका लागि तीन चरणमा कार्यान्वयन रणनीति अघि सारेको सेबोनले जनाएको छ। सेबोनले पहिलो चरणमा नीतिगत तथा कानुनी सुधार अन्तर्गत एक वर्षभित्र ऐन/नियमावली संशोधन, बुक बिल्डिङ समीक्षा गर्ने योजना बनाएको छ।

दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र संस्थागत तथा प्रविधिगत सुदृढीकरण र तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र उन्नत बजार विकास गर्ने सेबोनले जनाएको छ।

त्यसैगरी, निष्कासन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको ड्यु डिलिजेन्स दायित्व स्पष्ट पारिएको छ।