काठमाडौं। सरकारले तीन जना सहसचिवको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेको सरुवाको निर्णय अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल काठमाडौं महानगरपालिकामा आइपुगेका छन्।
दुई वर्षअघि सहसचिवमा नाम निकालेका अर्याल लोकसेवा आयोगको जलेश्वर कार्यालयबाट एक वर्षअघि पोखरा पुगेका थिए।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले ५८ वर्षे उमेर हदका कारण अवकाश पाएकै दिन अर्याललाई ल्याइएको हो।
सहसचिव रमेश कुमार केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर्णाली प्रदेश र महेशचन्द्र न्यौपानेलाई पूर्वाधार विकास मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।










