सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको अल्टिमेटम, असोजसम्मको म्याद



बिजमाण्डू
२०८३ साउन २१ गते १५:०५ | Aug 6, 2026
सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको अल्टिमेटम, असोजसम्मको म्याद


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन सूचना निकालेको छ। नेप्सेले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो।

Tata
GBIME

कम्पनीहरुलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउने अवधि तोकिएको छ। ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने छ।

डिबेञ्चर र म्युचुअल फण्डका लागि २५ हजार तोकिएको छ। यस्तै, ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ र डिबेञ्चर, म्युचुअल फण्डका लागि २५ हजार रुपैयाँ नवीकरण शुल्क तोकिएको छ।

असोजसम्म शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने र सूचीकरण नै खारेज हुनसक्ने नेप्सेले जनाएको छ।