निगमको नेतृत्वमा पूर्वकर्मचारी, अवकाशको दुई महिनापछि नागेन्द्र साह बने कार्यकारी निर्देशक



बिजमाण्डू
२०८३ साउन २१ गते १२:४३ | Aug 6, 2026
निगमको नेतृत्वमा पूर्वकर्मचारी, अवकाशको दुई महिनापछि नागेन्द्र साह बने कार्यकारी निर्देशक


काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको व्यवस्थापकीय नेतृत्व नागेन्द्रलाई दिएको हो।

Tata
GBIME

चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र निगमकै पूर्वकर्मचारी हुन्। निगममा १९ वर्ष काम गरेका उनले दुई महिनाअघि अवकाश पाएका थिए। त्यसअघि उनले करिब तीन साता निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए।

तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले वैशाख ३० गते राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नागेन्द्रलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी थिइन्।