काठमाडौं। सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गठन आदेश खारेजसँगै समितिलाई नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनीमा गाभ्न स्वीकृति दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले समितिलाई कम्पनीमा गाभ्न स्वीकृति दिएको हो।
समितिका कार्यकारी निर्देशक बुद्धबहादुर गुरुङ कम्पनीको अध्यक्ष छन्। समितिमा हाल करिब ४० जना कर्मचारी कार्यरत छन्।









