आइपीओमा सुधार गर्न सेबोनले गठन गर्‍यो ७ सदस्यीय कार्यदल, यस्तो छ कार्यदेश



बिजमाण्डू
२०८३ साउन १९ गते १९:४१ | Aug 4, 2026
आइपीओमा सुधार गर्न सेबोनले गठन गर्‍यो ७ सदस्यीय  कार्यदल, यस्तो छ कार्यदेश


काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधार सहजीकरण कार्यदल (प्राइमरी मार्केट रिफर्म फेसिलेटिङ टास्क फोर्स) गठन गरेको छ।

Tata
GBIME

सेबोनले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने लगायत उद्देश्यसहित नियमन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा सेबोनका तीन कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज र नेपाल उद्योग वाणिज्य महासंघका एक एक प्रतिनिधि तथा मर्चेण्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्षलाई सदस्य राखिएको छ।

कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, विद्युत नियमन आयोग, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सरोकारवाला संघ संस्थाका विज्ञलाई आमन्त्रित गर्न सक्नेछ।

कार्यदललाई प्राथमिक बजारको सुधार नीति, धितोपत्रको सार्वजनिक निष्कासन, बुक बिल्डिङ, मर्चेन्ट बैंकर, आइपीओ बाँडफाँट, डिजिटल आइपीओ, आइपीओ इलिजिबिटी, आइपीओ प्राइसिङ, संस्थागत लगानीकर्ता, एंकर इन्भेष्टर, ड्युडिलिजेन्स, पोस्ट इस्यु मोनिटरिङ लगायत प्राथमिक बजारसँग विषयमा सुझाव दिन भनिएको छ।

कार्यदलको पहिलो बैठक मंगलबार बसेको छ।