कान्तिपुर सेभिङका ३३४ र पशुपति सहकारीका ७ बचतकर्ताले फिर्ता पाए रकम, ६५ ऋणीबाट असुल



बिजमाण्डू
२०८३ साउन १९ गते ११:३७ | Aug 4, 2026
कान्तिपुर सेभिङका ३३४ र पशुपति सहकारीका ७ बचतकर्ताले फिर्ता पाए रकम, ६५ ऋणीबाट असुल


काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता गरेको छ।

Tata
GBIME

समितिले कान्तिपुर सेभिङ सहकारीका ३३४ र पशुपति सहकारीका ७ जना बचतकर्ताको रकम फिर्ता गरेको हो। ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरेको समितिले बताएको छ।

समितिले साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीका ६५ जना ऋणीबाट रकम असुलेको छ।