विराटनगरमा पाँच वर्षदेखि पालिकासँग सम्पर्कविहीन ६ वटा सहकारी संस्था खारेज



बिजमाण्डू
२०८३ साउन १९ गते १०:४६ | Aug 4, 2026
विराटनगरमा पाँच वर्षदेखि पालिकासँग सम्पर्कविहीन ६ वटा सहकारी संस्था खारेज


काठमाडौं। पाँच वर्षभन्दा बढी समयदेखि कुनै पनि विवरण नबुझाई सम्पर्कविहीन विराटनगरका ६ वटा सहकारी संस्थाहरूको दर्ता खारेज भएको छ। विराटनगर महानगरपालिकाको कार्यालयले संस्था खारेज भएको जनाउँदै मंगलबार सूचना जारी गरेको हो।

Tata
GBIME

खारेजीमा पर्नेमा विराटनगरका विभिन्न वडामा कार्यालय रहेको ठेगाना भएका जुनतारा, प्राइम, तारा, नक्षत्र, सिम्रिक र गुडविल बचत तथा ऋण सहकारी संस्था छन्।

विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७५ (दोस्रो संशोधन, २०८०) को दफा ५२ बमोजिम प्रत्येक वर्ष चौमासिक तथा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको विवरण र सेयर पुँजी सम्बन्धी विवरणहरू तोकिएको समयभित्र बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर, यी नियमहरूको पालना नगरेपछि महानगरले कारबाही प्रक्रिया अघि बढाइएको थियो।

बारम्बार मौका दिँदा पनि सम्पर्कमा नआएपछि सोमबारको निर्णय र सहकारी ऐनको दफा ६७ को उपदफा (३) बमोजिम ६ वटा सहकारीलाई खारेज गरिएको महानगरपालिकाको कार्यालयले जनाएको छ।