नेप्से सूचक ४ दिन गिरावटपछि १२.९६ अंकले बढ्यो, ३.७५ अर्ब रुपैयाँको सेयर बिनबेच

बिजमाण्डू
२०८३ साउन १५ गते १५:२४ | Jul 31, 2026
नेप्से सूचक ४ दिन गिरावटपछि १२.९६ अंकले बढ्यो, ३.७५ अर्ब रुपैयाँको सेयर बिनबेच


काठमाडौं। लगातार ४ दिन ओरालो लागेको सेयर बजार शुक्रबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ।

Vigo
GBIME
Tata

निर्जीवन बीमा र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्। वाणिज्य बैंकको सूचक सबैभन्दा धेरै ०.७२ प्रतिशतले बढेको छ। बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ।

एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। आइपी‌ओ बिक्री गरेर दोस्रो बजारमा सूचीकृत भएपछि लगातार बढेर एभरेष्ट कलरको सेयर मूल्य प्रति कित्ता १३०९ रुपैयाँ पुगेको छ।

८२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ।

सूचकसँगै कारोबार रकम बढेको छ। बिहीबार बजारमा ३ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएकामा शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै १७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, ग्लोबल आइएमईको १५ करोड ३२ लाख र सेन्ट्रल फाइनान्सको १४ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।