इ-कमर्स बजारमा थपियो नयाँ प्लेटफर्म, जिट्रेडिया डटकम औपचारिक रूपमा सञ्चालनमा



बिजमाण्डू
२०८३ साउन १२ गते ११:२५ | Jul 28, 2026
इ-कमर्स बजारमा थपियो नयाँ प्लेटफर्म, जिट्रेडिया डटकम औपचारिक रूपमा सञ्चालनमा


काठमाडौं। इ-कमर्स प्लेटफर्म जिट्रेडिया डटकम औपचारिक रूपमा सञ्चालनमा आएको छ।

Tata
GBIME

नेपाली ग्राहक तथा व्यवसायीेलाई विश्वभरका लाखौं उत्पादनमा प्रत्यक्ष पहुँच पुर्‍याउने गरी बियोण्ड बोर्डर्स भन्ने नारासहित नयाँ इ-कमर्स प्लेटफर्म सञ्चालनमा ल्याइएको हो।

कम्पनीले गुणस्तरीय उत्पादनलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराइ अनलाइन खरिदलाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा आइपर्ने जोखिम कम गर्न सामानको बीमा र भुक्तानीलाई थप सरल बनाउन आफ्नै रोजाइको बैंकबाट सोझै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

‘अर्डर गरिएका सामान ट्रान्सफर/डेलिभरीका क्रममा सुरक्षित रहोस् भन्नका लागि बीमाको व्यवस्था गरिएको छ जसले गर्दा ग्राहकलाई सामान हराउने वा बिग्रिने डर हुँदैन,’ कम्पनीले जारी गरेको प्रेस नोटमा भनिएको छ।

यो प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारका लाखौं सामग्री सजिलै खोज्न र अर्डर गर्न सकिनेछ।

जिट्रेडियाडटकममा महिला, पुरुष तथा बालबालिकाका लागि विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता र फेसन एसेसोरिज, बालबालिकाका लागि शैक्षिक तथा मनोरञ्जनात्मक खेलौना, छाला तथा कपालको हेरचाह गर्ने विभिन्न ब्युटी तथा पर्सनल केयर प्रोडक्ट, दैनिक जीवन र कार्यालयका लागि उपयोगी विभिन्न प्रकारका ग्याजेट तथा इलेक्ट्रोनिक सामान, घर, भान्सा र दैनिक प्रयोजनका आवश्यक उपभोग्य वस्तु उपलब्ध रहेको कम्पनीले जनाएको छ।