सानिमा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि, कमायो ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ प्रतिशत



बिजमाण्डू
२०८३ साउन ११ गते ११:३२ | Jul 27, 2026
सानिमा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि, कमायो ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ प्रतिशत


काठमाडौं। सानिमा बैंकले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा ३८.०१ प्रतिशतले बढाएको हो। बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो। फी कमिसनसँगै ब्याज आम्दानीमा सुधार हुँदा बैंकको नाफा बढेको हो।

गत आर्थिक वर्ष बैंकले ६ अर्ब ९९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ थियो।

बैंकले खुद शुल्क तथा कमिसनबापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा ५ अर्ब १६ करोड रुपैयाँ छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ छ। यसलाई आधार मान्दा बैंकको लाभांश क्षमता २०.८५ प्रतिशत देखिन्छ।

बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा २.८७ प्रतिशतमा झरेको छ। घट्दो खराब कर्जाले बैंकको ऋण असुली सुधार भएको बुझाउँछ।