सेयर बजार १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा, ५ अर्ब १८ करोडको किनबेच

बिजमाण्डू
२०८३ साउन ६ गते १५:१९ | Jul 22, 2026
सेयर बजार १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा, ५ अर्ब १८ करोडको किनबेच


काठमाडौं। लगातार ६ दिन बढेको सेयर बजार बुधबार ओह्रालो लागेको छ। नेप्से परिसूचक १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा आएको छ।

Vigo
GBIME
Tata

कारोबारमा आएका फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेकका उपसमूहहरुले बजार घटाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.६० प्रतिशतले घटेको छ। निर्जीवन बीमा १.२६ प्रतिशतले घटेको छ।

सेयरमूल्य घटेका १९३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एनसीसी डिबेन्चर २०८६ घट्नेमा पहिलो नम्बरमा छ। उक्त ऋणपत्र ७.१६ प्रतिशतले घटेको छ। यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

७७ कम्पनीको सेयर मूल्य बढ्दा एभरेष्ट कलरमा पोजेटिभ सर्किट लागेको छ। बुंगल हाइड्रोको सेयरमूल्यमा १०.५० प्रतिशतको बढोत्तरी छ।

परिसूचकसँगै बुधबार सेयर किनबेच अघिल्लो दिनका तुलनामा घटेको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बुधबार घट्दै ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड १० लाख र रिलायन्स स्पिनिङ मिल्सको २६ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।