नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर प्रभाकर थापा



बिजमाण्डू
२०८३ साउन ४ गते १५:४८ | Jul 20, 2026
नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर प्रभाकर थापा


काठमाडौं। नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा इन्जिनियर प्रभाकर थापा नियुक्त भएका छन्।

Tata
GBIME

सिफारिस समितिले गरेको सिफारिसका आधारमा कम्पनीको सञ्चालक समिति बैठकले थापालाई सीइओ नियुक्त गरेको हो। सञ्चालक समितिमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव कृष्णराज पन्थ अध्यक्ष छन्।

कम्पनीको सीइओका लागि थापाका अलावा अरु १३ जनाले आवेदन दिएका थिए।