सेयर बजारमा प्रधानमन्त्रीको चासोको इफेक्ट पोजेटिभ, सूचक दुई दिनमा १२१.४४ अंकले बढ्यो



बिजमाण्डू
२०८३ साउन ४ गते १५:२४ | Jul 20, 2026
सेयर बजारमा प्रधानमन्त्रीको चासोको इफेक्ट पोजेटिभ, सूचक दुई दिनमा १२१.४४ अंकले बढ्यो


काठमाडौं। सेयर बजार सुधारका लागि प्रधानमन्त्री वालेन्द्र शाहको चासोसँगै सक्रियताले लगानीकर्ता उत्साहित देखिएका छन्। यसको संकेत बजार सूचकले गरेको हो। नेप्से परिसूचक नयाँ आर्थिक वर्षमा कारोबारको दुई दिनमै १२१.४४ अंकले बढेको छ।

Tata
GBIME

नयाँ सरकार बनेयता सेयर बजार बियरिस भएपछि लगानीकर्ताको मनोबल बढाउन निजी क्षेत्रसँग भेट र संवादमा रहेका शाहले सोमबार सेबोन, नेप्से, ब्रोकर र लगानीकर्ताहरुसँग छलफल गरेका छन्।

शुक्रबार ७९.७४ अंकले बढेको सेयर बजार सोमबार ४१.७० अंकले उकालो लागेको छ। सूचक दुई दिन लागतार उकालो लागेर २७१९.२४ विन्दुमा पुगेको हो।

कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै उपसमूहले बजार बढाएका हुन। उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, होटल तथा पर्यटन, अन्य र विकास बैंक समूहको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। बजारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ।

एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सूचकसँगै कारोबार रकम बढेको छ। शुक्रबार बजारमा ४ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २९ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै,रिलायन्स स्पिनिङ मिल्सकोफ २६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

३२ कम्पनीको सेयर मूल्य घटेको छ। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ।