मुद्दती निक्षेपमा प्रतिफल घट्यो, साउनमा ६ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर



बिजमाण्डू
२०८३ असार ३२ गते ०९:१४ | Jul 16, 2026
मुद्दती निक्षेपमा प्रतिफल घट्यो, साउनमा ६ बैंकले ब्याजदर पुनः घटाउँदा अधिकांशको स्थिर


काठमाडौं। वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने ६ बैंकले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट)को ब्याजदर घटाएका छन्।

Tata
GBIME

बैंकहरूले सार्वजनिक गरेको असारको ब्याजदर अनुसार अधिकांश बैंकहरूले साउन महिनाकै दरलाई निरन्तरता दिएका छन्। तर बजारमा पर्याप्त तरलता रहेको र निक्षेप संकलनमा प्रतिस्पर्धा कम भएको कारण केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेपको वृद्धिदर सन्तोषजनक रहँदा कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै ६ बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर केही बिन्दुले घटाएका हुन्।

असारका लागि एनएमबि, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी, सिटिजन्स, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंकले मुद्दतीको ब्याजदर घटाएका छन्।

बैंकहरूको निर्णयले निक्षेपकर्ताले प्राप्त गर्ने प्रतिफलमा केही प्रभाव पार्ने भए पनि कर्जाको लागतमा भने तत्काल ठूलो परिवर्तन नदेखिने विश्लेषण गरिएको छ।

कुनको मुद्दतीको अधिकतम ब्याजदर कति ?

वाणिज्य बैंकहरुवैशाख मुद्दतीको अधिकतम ब्याजदरजेठमा मुद्दतीको अधिकतम ब्याजदरअसारमा मुद्दतीको अधिकतम ब्याजदरमुद्दतीको अधिकतम ब्याजदर
सिद्धार्थ ४.०५४.०५४.०५४.०५
एभरेष्ट ४.०५४.०५४.०५४.०५
कुमारी ४.०५३.९७३.९१३.८५
स्ट्यान्डर्ड चार्टर्ड ४.१३.९५३.८५
सिटिजन्स बैंक इन्टरनेशनल४.१५४.१४.१३.९५
प्राइम कमर्सियल ४.१५४.१५
कृषि विकास ४.१५४.१५४.१५४.१५
नेपाल एसबीआई ४.२५४.२५४.२५४.२५
हिमालयन ४.५४.२५
नेपाल बैंक४.५४.२५४.२५४.२५
ग्लोबल आइएमई ४.५४.५४.५
माछापुच्छ्रे ४.५४.५४.५४.५
लक्ष्मी सनराइज ४.५४.५
सानिमा ४.५४.५४.५४.५
नेपाल इन्भेष्टमेन्ट मेगा ४.५४.५४.५४.५
प्रभु ४.५५४.५५४.५५४.५५
नबिल ४.५५४.५५४.५५४.५५
एनआईसी एसिया ४.७५४.५
राष्ट्रिय वाणिज्य ४.७५४.७५४.७५
एनएमबि ४.९४.८४.७५४.५०
स्रोत: बैंकहरुले सार्वजनिक गरेको सूचना