सार्वजनिक विद्युतीय सवारी किन्न २०% मात्र डाउनपेमेन्ट, साउन १५ सम्मको ब्याजलाई आम्दानी देखाउन मिल्ने

बिजमाण्डू
२०८३ असार ३१ गते २०:३२ | Jul 15, 2026
सार्वजनिक विद्युतीय सवारी किन्न २०% मात्र डाउनपेमेन्ट, साउन १५ सम्मको ब्याजलाई आम्दानी देखाउन मिल्ने


काठमाडौं। सार्वजनिक विद्युतीय सवारी साधन किन्न २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने भएको छ।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला सवारी साधनका लागि ८० प्रतिशतसम्म ऋण पाइने ब्यवस्था गरेको हो।

अन्य सवारी साधनका हकमा ६० प्रतिशत मात्र ऋण पाइने छ।

राष्ट्र बैंकले गत बर्ष निर्देशिकाबाट हटाएको ब्याज आम्दानी गर्ने व्यवस्था पुन ब्यूताएको छ। साउन १५ सम्म भएको ब्याज आम्दानीलाई गत आर्थिक बर्षको हिसाब खातामा देखाउन पाइने छ।