सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने, सेयर ब्रोकरदेखि मर्चेन्ट बैंकरलाई राखिने

बिजमाण्डू
२०८३ असार ३१ गते ११:५७ | Jul 15, 2026
सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने, सेयर ब्रोकरदेखि मर्चेन्ट बैंकरलाई राखिने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ बनाउने भएको छ। सेबोनले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै ‘क्यापिटल मार्केट टास्क फोर्स’ बनाउने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

सेबोनले बजारमा सुधारका कार्य अगाडि बढाउन आफूसहित नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ प्रतिनिधि, विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधि राखेर ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्न लागेको हो।

‘टास्क फोर्स’लाई पुँजी बजार विकास तथा सुधारका लागि तय गरिने नीतिगत तथा कानुनी सुधारमा सरकोरवाला पक्षको राय सुझाव लिने एवं बजारमा उत्पन्न समस्या समाधान संयन्त्रको रूपमा विकास गरिने सेबोनले जनाएको छ।