काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले रेस्क्यु प्लान ल्याउने आश्वासन दिएसँगै सेयर बजार उकालो लागेको छ।
लगातार बजार घटेपछि सेबोनको कार्यालय घेर्न पुगेका लगानीकर्तालाई अध्यक्ष भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटेर तत्कालै रेस्क्यु प्लान ल्याउने आश्वासन दिएपछि नेप्से ६.११ अंकले बढेको छ।
कारोबारमा आएका उत्पादन तथा प्रशोधन समूह बाहेकका कम्पनीले बजार बढाएका हुन। ट्रेडिङको सूचक सबैभन्दा धेरै १.४७ अंकले घटेको छ।
१६४ कम्पनीको सेयर मूल्य बढेको छ। कामना सेवा विकास बैंकको ऋणपत्र सबैभन्दा धेरै १०.२२ प्रतिशतले बढेको छ।
बजारमा सूचकसँगै सेयर कारोबार रकम बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
कुमारी बैंकको ऋणपत्र सबैभन्दा धेरै ५२ करोड ७१ लाख रुपैयाँको किनबेच भएको छ। १०१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सामुदायिक लघुवित्तको सेयर मूल्य ८.१० प्रतिशतले घटेको छ।










