सेयर बजारमा साढे दुई महिनायताकै उच्च कारोबार, ६.८६ अर्बको किनबेच, सूचक २६०० अंकमा ‌

बिजमाण्डू
२०८३ असार २६ गते १५:२२ | Jul 10, 2026
सेयर बजारमा साढे दुई महिनायताकै उच्च कारोबार, ६.८६ अर्बको किनबेच, सूचक २६०० अंकमा ‌


काठमाडौं। कारोबार सुरु भएलगत्तै बढेको नेप्से परिसूचक शुक्रबार अन्तिममा १.१३ अंक घटेर २६००.७८ विन्दु कायम भएको छ।

Vigo
GBIME
Tata

बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य उपसमूहले बजार घटाएका हुन्।

बजारमा १३५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ।

१२० कम्पनीका लगानीकर्ताले कमाएका छन्। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढेको छ।

सूचक घटे पनि कारोबार रकम बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँको सेयर किबनेच भएकामा शुक्रबार ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।

यो कारोबार रकम साढे दुई महिनायताकै धेरै हो। यसअघि वैशाख ९ गते ७ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।