सेयर बजार परिसूचक ३०.०९ अंक घट्दै २६२१.५९ विन्दुमा, ४ अर्ब ८२ करोडको किनबेच

बिजमाण्डू
२०८३ असार २४ गते १५:२० | Jul 8, 2026
सेयर बजार परिसूचक ३०.०९ अंक घट्दै २६२१.५९ विन्दुमा, ४ अर्ब ८२ करोडको किनबेच


काठमाडौं। सेयर बजार ३०.०९ अंकले घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट बजार सूचक उच्च अंकले घटेको हो।

Vigo
GBIME
Tata

सूचक ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा आएको छ। कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै उपसमूहले बजार घटाएका हुन्। बजारमा सेयरमूल्य घटेका २४७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ।

बजारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर छ। एनएमबि डिबेञ्चर सबैभन्दा धेरै ५.५२ प्रतिशत बढेको छ।

सूचक घट्दा पनि बजारमा कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार कारोबार रकम बढेर ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ भएको छ।

बजारमा लगानीकर्ता ऋणपत्रको किनबेचमा आकर्षित भएको देखिएको छ। सर्वाधिक कारोबार हुनेमा कुमारी बैंकको ऋणपत्र रह्यो। उक्त ऋणपत्र ६२ करोड ३९ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै ९.५% एनसीसी डिबेन्चर २०८६ को किनबेच ४३ करोड ६० लाख र ८.५% सानिमा डिबेन्चर २१ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ।