वैदेशिक रोजगारमा गएकालाई पनि डलर खाता, सेयर धितो ऋणमा लचकता, पुँजी बढाउन दिइने

बिजमाण्डू
२०८३ असार २३ गते १७:२१ | Jul 7, 2026
वैदेशिक रोजगारमा गएकालाई पनि डलर खाता, सेयर धितो ऋणमा लचकता, पुँजी बढाउन दिइने
गुरुप्रसाद पौडेल


काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स डलर खातामै राख्न पाउने व्यवस्था गर्ने भएको छ।

Vigo
GBIME
Tata

मौद्रिक नीति जारीपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले रेमिटेन्सको केही रकम डलर खातामै राख्न मिल्ने व्यवस्था गरिने बताए।

उनले रेमिटेन्स बाहेक विदेशी संस्थाबाट पेन्सनलगायत सुविधा लिने नेपालीहरुलाई पनि विदेशी मुद्रामै खाता खोल्ने विकल्प दिने बताए।

यसबाहेक पुँजी पर्याप्तता अनुपात नपुगेका संस्थाहरुलाई पुँजी वृद्धिको विकल्पमा लगिने पनि राष्ट्र बैंकले घोषणा गरेको छ। अहिले यस्तो अनुपात ९.७ प्रतिशत छ। यो औसत अनुपात हो। यो अनुपातले ६५२ अर्ब रुपैयाँ ऋण दिन सकिँदैन। त्यसैले पुँजी पर्याप्तता अनुपात नपुगेका संस्थाले सेयर जारी गरेर पुँजी बढाउन सक्ने विकल्प दिइने पौडेलले बताए।

राष्ट्र बैंकले सेयर धितो ऋणमा लचकता अपनाउने जनाएको छ। मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गरिने व्यवस्था छ।

यसलाई व्याख्या गर्दै प्रवक्ता पौडेलले ऋण दिने संस्था जति सबल छ त्यही आधारमा सेयर धितो ऋणको कर्जा सीमा बढाइने बताए।

डा. सत्यन्द्र तिमिल्सिना

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. सत्यन्द्र तिमिल्सिनाले राष्ट्र बैंकले सुधारका एजेण्डालाई मौद्रिक नीतिमा प्राथमिकताका साथ उठाएको बताए। उनले कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन खोजिएको बताए।