वाणिज्य बैंकलाई आम्दानी बढाउने बाटो खुल्यो, विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

बिजमाण्डू
२०८३ असार २३ गते १६:४४ | Jul 7, 2026
वाणिज्य बैंकलाई आम्दानी बढाउने बाटो खुल्यो, विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने


काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न दिने भएको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापन सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने बताएको हो।

‘विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरलाईज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ।

यसले बैंकहरुमा रहेको तरलता व्यवस्थापन हुनुका साथै विदेशी ऋणपत्रमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्न सहज बनाउने बैंकरहरुले बताएका छन्।