नेप्सेको नेतृत्वबाट १५ महिनामै बाहिरिए चुडामणि चापागाइँ, अर्थमन्त्रीलाई बुझाए राजीनामा

बिजमाण्डू
२०८३ असार २२ गते १२:३५ | Jul 6, 2026
नेप्सेको नेतृत्वबाट १५ महिनामै बाहिरिए चुडामणि चापागाइँ,  अर्थमन्त्रीलाई बुझाए राजीनामा


काठमाडौं। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाइँले राजीनामा दिएका छन्। चापागाइँले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन्।

Vigo
GBIME
Tata

चापागाइँले व्यक्तिगत कारण राजीनामा दिएको बताए। उनी २०८१ चैत तेस्रो साता नेप्सेको सीइओमा नियुक्त भएका थिए। उनी १५ महिनामै नेप्सेबाट बाहिरिएका हुन्।

सरकारले गत वैशाख तेस्रो साता अध्यादेश ल्याएर सार्वजनिक निकायका १५०० भन्दा बढीलाई पदमुक्त गर्दा चापागाइँ जोगिएका थिए।