काठमाडौं। सेयर बजार परिसूचक ८.३० अंकले घटेको छ। बैंकिङ, होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य र म्युचुअल फण्ड उपसमूहले नेप्से शुक्रबार २६५३.४० अंकमा झारेका हुन्।
बैंकिङ सूचक सबैभन्दा धेरै ०.९६ प्रतिशतले ओरालो लागेको छ। फाइनान्सको सूचक भने १.०६ प्रतिशतले उकालो लागेको छ। बजारमा १६० कम्पनीका लगानीकर्ताले गुमाउँदा १०३ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ। बजारमा ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।










