लगातार ७ दिनको गिरावटपछि ४४.५९ अंकले उकालो लाग्यो नेप्से, ३.८६ अर्बको सेयर किनबेच

बिजमाण्डू
२०८३ असार १७ गते १५:१४ | Jul 1, 2026
लगातार ७ दिनको गिरावटपछि ४४.५९ अंकले उकालो लाग्यो नेप्से, ३.८६ अर्बको सेयर किनबेच


काठमाडौं। लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बुधबार ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ।

Vigo
GBIME
Tata

कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। ट्रेडिङको सूचक सबैभन्दा धेरै २.६० प्रतिशतले बढेको छ। बजारमा २५२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। स्नो रिभरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सूचकसँगै कारोबार रकम बढ‍ेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँको कारोबार भएको हो। लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै २८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५१ लाख र आँखु खोला जलविद्युतको १७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

बजारमा १७ कम्पनीका लगानीकर्ताले गुमाएका छ्न्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५.२८ प्रतिशतले घटेको छ।