बर्डफ्लुको असर : कुखुराको मासुको मूल्य फेरि घट्यो, खपत ३० प्रतिशतले कम



बिजमाण्डू
२०८३ असार १४ गते १८:०० | Jun 28, 2026
बर्डफ्लुको असर : कुखुराको मासुको मूल्य फेरि घट्यो, खपत ३० प्रतिशतले कम

काठमाडौं। बर्डफ्लुले खपतमा कमी आएपछि कुखुराको मासुको मूल्य लगातार घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबार देखि बजारमा लागु हुने गरि नयाँ मूल्य तोकेको हो।

Tata
GBIME
Nepal Life

संघका अनुसार जिउँदो बोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य केजीमा २० रुपैयाँ घटेर प्रति केजी २५० रुपैयाँ तोकिएको छ। तयारी मासुको उपभोक्ता मूल्य प्रति केजी ४३० रुपैयाँ कायम भएको छ।

संघले तीन दिन अघिमात्रै जिउँदो कुखुरा र तयारी मासुको मूल्य घटाएको थियो। त्यस बेला जिउँदो कुखुरा प्रतिकेजी २७० रुपैयाँ र तयारी मासु प्रति केजी ४३५ रुपैयाँ पुगेको थियो।

बर्डफ्लुले गर्दा मासुको माग कम हुँदै गएपछि मूल्य घटाउन थालेको संघले जनाएको छ। पछिल्लो समय बर्डफ्लुका कारण कुखुराको मासुको खपत ३० प्रतिशतले घटेको छ।