कर्जाको ब्याजदर निरन्तर ओरालो, बैंकहरूको औसत बेसरेट ५ प्रतिशतभन्दा तल

बिजमाण्डू
२०८३ असार १४ गते १२:४५ | Jun 28, 2026
कर्जाको ब्याजदर निरन्तर ओरालो, बैंकहरूको औसत बेसरेट ५ प्रतिशतभन्दा तल


काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा विस्तार सुस्त बनेको छ। यही कारण बैंकहरूले निक्षेपको ब्याजदर लगातार घटाएका छन्। त्यसको प्रत्यक्ष प्रभाव आधार दर (बेसरेट) मा परेको छ।

Vigo
GBIME
Tata

बेसरेट घटेसँगै कर्जाको ब्याजदर पनि सस्तो हुने भएको छ। बैंकहरूले यही आधार दरमा निश्चित प्रिमियम थपेर ऋणको ब्याज निर्धारण गर्छन्। त्यसैले बेसरेट जति कम हुन्छ, कर्जा पनि त्यति नै सस्तो पर्छ।

चालु आर्थिक वर्षको वैशाख, जेठ र असारको औसत आधारमा वाणिज्य बैंकहरूको औसत बेसरेट ४.९७ प्रतिशतमा झरेको छ।

हाल ९ वटा वाणिज्य बैंकको बेसरेट ५ प्रतिशतभन्दा तल छ। स्टान्डर्ड चार्टर्ड बैंकको बेसरेट सबैभन्दा कम ४.२१ प्रतिशत छ।

एनआईसी एसिया बैंकको बेसरेट भने ६ प्रतिशतभन्दा माथि कायम छ। उसको बेसरेट सबैभन्दा बढी ६.०४ प्रतिशत छ।

बैंकहरूले पछिल्ला ३ महिनाको औसत बेसरेटमा प्रिमियम थपेर असार महिनाका लागि कर्जाको ब्याजदर निर्धारण गर्नेछन्।

कुन बैंकको बेसरेट कति?

वाणिज्य बैंकहरूपछिल्लो ३ महिनाको औसत बेसरेट
स्टान्डर्ड चार्टर्ड४.२१
राष्ट्रिय वाणिज्य बैंक४.२२
एभरेष्ट४.३८
नबिल४.५३
नेपाल४.५९
नेपाल इन्भेष्टमेन्ट४.७५
ग्लोबल४.८३
कृषि विकास४.९४
सानिमा४.९९
प्रभु५.०७
माछापुच्छ्रे५.०८
सिद्धार्थ५.१३
लक्ष्मी सनराइज५.१६
प्राइम५.१८
एनएमबि५.१८
सिटिजन्स५.२
कुमारी५.२७
नेपाल एसबिआई५.२८
हिमालयन५.३९
एनआईसी एसिया६.०४
स्रोत : बैंकहरू