पाँच प्रमुख प्रशासकीय अधिकृत गृहमा, योजना आयोगकी अनिता भीरकोट र दुर्गा सुनवलमा

बिजमाण्डू
२०८३ भदौ २८ गते १३:२० | Sep 13, 2026
पाँच प्रमुख प्रशासकीय अधिकृत गृहमा, योजना आयोगकी अनिता भीरकोट र दुर्गा सुनवलमा


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न ५ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा सरुवा गरेको छ।

Vigo
GBIME
Tata

मन्त्रालयले कपिलवस्तुको वाणगंगा नगरपालिकाका भक्तिराम मरासिनी, लमजुङको सुन्दरनगर नगरपालिकाका रमेश घर्ती, नवलपरासी पश्चिमको सुनवल नगरपालिकाका शेषकान्त पौडेल, पाल्पाको रामपुर नगरपालिकाका सूर्यदर्शन पण्डित र नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका रामचन्द्र लामगाडेलाई गृह मन्त्रालयमा सरुवा गरेको हो।

राष्ट्रपति कार्यालयका इश्वरी प्रसाद पाण्डेलाई वाणगंगा, स्याङजाको भीरकोट नगरपालिकाका लक्ष्मण लम्साललाई सुन्दरबजार, राष्ट्रिय योजना आयोगकी दुर्गा बन्जाडेलाई सुनवल, उद्योग विभागकी इन्द्र कुमारी थपलिया पाण्डेलाई रामपुर र जिल्ला समन्वय समिति लमजुङका महेश सुवेदीलाई गैंडाकोटको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।

राष्ट्रिय योजना आयोगकी अनिता पौडेललाई भीरकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।

मन्त्रालयले २६ जनाको सरुवा गर्दा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। उनको स्थानमा गोरखा नगरपालिकामा जिल्ला प्रशासन कार्यालय स्याङजाका प्रेम सुवेदी पुगेका छन्।