लगातार ओह्रालो लागेको सेयर बजार २६५१.५२ अंकमा, डेढ महिनायताकै न्यून किनबेच



बिजमाण्डू
२०८३ असार ११ गते १५:२३ | Jun 25, 2026
लगातार ओह्रालो लागेको सेयर बजार २६५१.५२ अंकमा, डेढ महिनायताकै न्यून किनबेच

काठमाडौं। सेयर बजार लगातार चौथो दिन ओरालो लागेको छ। नेप्से परिसूचक बिहीबार ८.५० अंक घटेर २६५१.५२ विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार घटाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ।

सेयरमूल्य घटेका १७२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। भने १९ कम्पनीको स्थिर छ। भुजुङ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.०३ प्रतिशतले घटेको छ। सीवाइसी नेपाल लघुवित्तको सेयरमूल्यमा ८.९७ प्रतिशतको गिरावट छ।

बजारमा सेयरमूल्य बढेका ८३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजार सूचकसँगै सेयर कारोबार रकम घटेको छ। बजारमा बुधबार ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार घटेर २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

बजारमा सोपान फर्मास्युटिकल्स कम्पनीको सबैभन्दा धेरे १२ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १२ करोड र सप्तकोसी डेभलपमेन्ट बैंकको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

समग्रमा बिहीबारको बजार कारोबार डेढ महिनायताकै न्यून हो। यसअघि जेठ ४ गते २ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सूचक चार महिनाअघिको विन्दुमा आइपुग्दा कारोबार रकम पनि निरन्तर खुम्चिरहेको हो।