काठमाडौं । नेपालमा जिली इएक्स५ र बीएडब्लु सवारीसाधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ लक्षित ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ को घोषणा गरेको छ।
आजदेखि सुरु भई असार ९ गतेसम्म संचालन हुने यस अभियानअन्तर्गत जिली इएक्स५ खरिद गर्ने ग्राहकहरूले पेनाल्टी सुटआउटमा गरेको प्रत्येक गोलबापत १ लाख रुपैयाँ तत्काल नगद छुट प्राप्त गर्नेछन्।
त्यसैगरी, बीएडब्लु इ७ प्रो खरिद गर्ने ग्राहकहरूले प्रत्येक गोलबापत २५ हजार नगद छुट प्राप्त गर्न सक्नेछन्।
गैरीधारास्थित जिली शोरुममा संचालन हुने यस अभियानले फुटबलको रोमाञ्चलाई जिली इएक्स५ र बीएडब्लु इ७ प्रो मा उपलब्ध विशेष बचतको अवसरसँग जोड्ने कम्पनीले जनाएको छ।
ग्राहकलाई सवारी खरिद प्रक्रियामा थप सहभागी, रोचक तथा प्रतिफलमूलक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस अभियानमा विशेष फुटबल मैदानको व्यवस्था गरिएको छ।
विद्युतीय सवारी खरिद गर्न इच्छुक ग्राहकहरूले जिली तथा बीएडब्लुका बिक्री प्रतिनिधिहरूमध्ये एक जनाले गोलकिपरको भूमिका निर्वाह गर्ने पेनाल्टी सुटआउटमा सहभागी भई गोल गर्न सक्नेछन्। ग्राहकले गरेको गोलको संख्याअनुसार नगद छुट प्राप्त हुनेछ।
आकर्षक नगद छुटका अतिरिक्त ग्राहकहरूले एक वर्षको अटो प्लस बीमा, एक वर्षको वार्षिक सवारी कर, तथा निःशुल्क २-इन-१ एडाप्टेबल चार्जर समेत प्राप्त गर्नेछन्। कार्यक्रमलाई थप विशेष बनाउन भेहिकल-टु-लोड कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर, तथा सहज भ्रमणका लागि पर्याप्त पार्किङ सुविधा समेत उपलब्ध गराइएको जनाइएको छ।
यसका साथै, ग्राहकहरूले सुपर एक्सचेन्ज क्याम्प अन्तर्गत आकर्षक एक्सचेन्ज लाभ, सवारी मूल्यांकन सेवा तथा विशेष अफरहरूको समेत लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
यस अवसरमा एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले भने, ‘फुटबल एउटा यस्तो खेल हो जसले उत्साह, जोश र उपलब्धिमार्फत मानिसहरूलाई एकताबद्ध बनाउँछ। जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्पमार्फत हामीले यही भावना सवारी खरिद यात्रामा पनि उतार्ने प्रयास गरेका हौं।’
उनका अनुसार यस अभियानले ग्राहकहरूलाई रमाइलो गर्ने, आफ्नै क्षमता परीक्षण गर्ने तथा उल्लेखनीय बचत हासिल गर्ने अवसर प्रदान गर्नेछ।
‘चाहे प्रिमियम जिली इएक्स५ होस् वा व्यवहारिक बीएडब्लु इ७ प्रो। प्रत्येक गोलले ग्राहकका लागि थप मूल्य र बचत सुनिश्चित गर्दछ,’ उनले भने।
उन्नत प्रविधि, प्रिमियम आराम, बुद्धिमान सुरक्षा प्रणाली तथा उत्कृष्ट ड्राइभिङ रेन्जका कारण जिली इएक्स५ ले नेपालका विद्युतीय एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। त्यसैगरी, निकट भविष्यमा नेपाली बजारमा सार्वजनिक हुन लागेको बीएडब्लु इ७ प्रो व्यवहारिक, किफायती तथा वातावरणमैत्री यातायात समाधान खोजिरहेका ग्राहकहरूका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।
एलआरआर मोटर्सले सम्पूर्ण ग्राहक, फुटबलप्रेमी तथा विद्युतीय सवारी खरिदमा रुचि राख्ने व्यक्तिहरूलाई गैरीधारास्थित जिली शोरुममा उपस्थित भई कार्यक्रमको रोमाञ्च प्रत्यक्ष अनुभव गर्न, नवीनतम विद्युतीय सवारीहरूको टेस्ट ड्राइभ लिन तथा आकर्षक छुट जित्ने अवसरको लाभ उठाउन हार्दिक निमन्त्रणा गरेको छ।
उक्त कार्यक्रम आजदेखि जुन २३ सम्म संचालन हुनेछ।









