आयात निर्यातमा भटमास तेलको हिस्सा धेरै, ३८ अर्बको कच्चा पदार्थ भित्रिंदा त्यति नै निर्यात



बिजमाण्डू
२०८२ मंसिर ८ गते १७:४५ | Nov 24, 2025
आयात निर्यातमा भटमास तेलको हिस्सा धेरै, ३८ अर्बको कच्चा पदार्थ भित्रिंदा त्यति नै निर्यात

काठमाडौं। आयात निर्यातमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। चालु आर्थिक वर्ष चार महिनामा आयातित वस्तुको पहिलो नम्बरमा क्रुड सोयाबिन छ। सबैभन्दा धेरै निर्यात भएको वस्तुको सूचीमा पनि भटमास तेल नै छ।

Tata
GBIME
Nepal Life

साउनदेखि कात्तिकसम्म भटमास तेलको कच्चा पदार्थ ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपैयाँको २४ करोड ८३ लाख ५६ हजार ९८७ लिटर आयात भएको छ।

यस्तै ३८ अर्ब ४३ करोड रुपैयाँको १८ करोड ५२ लाख ५५ हजार ५९१ लिटर भटमास तेल निर्यात भएको भन्सार विभागले जनाएको छ।

गत वर्ष भटमास तेलको कच्चा पदार्थ धेरै आयात हुने वस्तुको सूचीमा १०औं स्थानमा थियो।

गत वर्ष पहिलो चार महिनामा
७ अर्बको २१ करोड ६ लाखको ५ करोड २९ लाख ५९ हजार लिटर कच्चा पदार्थ आयात भएकामा ३ अर्ब ४१ करोड रुपैयाँको १ करोड ६२ लाख ४१ हजार ११८ लिटर निर्यात भएको थियो।