ओरालो लाग्यो सुनचाँदीको मूल्य : सुन तोलामा १३ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो



बिजमाण्डू
२०८२ मंसिर ५ गते १०:५९ | Nov 21, 2025
ओरालो लाग्यो सुनचाँदीको मूल्य : सुन तोलामा १३ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४१ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो। यो साता सुनको भाउमा उतारचढाव आइरहेको छ।

बिहीबार सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो।

शुक्रबार चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ घटेर प्रति तोला ३ हजार १ सय रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको थियो। बुधबार चाँदी प्रति तोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य घटेर प्रति औंस ४०४८.१४ डलरमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति औंस ४९.६७ डलर छ।

बिहीबार सुन प्रति औंस ४०७०.९४ डलर र चाँदी प्रति औंस ५१.३८ डलर थियो।