महिलाको चरित्र हत्या गरेको आरोपमा रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ



बिजमाण्डू
२०८२ भदौ ११ गते २१:४७ | Aug 27, 2025
महिलाको चरित्र हत्या गरेको आरोपमा रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ परेका छन्।

Tata
GBIME

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको जाहेरीका आधारमा पाँडेलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

अदालतबाट पक्राउ पुर्जी लिएर पाँडेलाई नियन्त्रणमा ब्यूरोका एसपी दीपक अवस्थीले बताए। प्रहरीले पक्राउ पुर्जी जारीपछि उनी फरार थिए।

म्याद थपका लागि पाँडेलाई बिहीबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। अदालतमा उपस्थित गराउन नभ्याइएकाले उनलाई साइबर ब्यूरोको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

पाँडे २०८० मा रास्वपाको कोटामा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए।