कैलालीको फूलबारी गाउँबाट ६० लाखभन्दा बढीको मोबाइल पार्ट्स बरामद



बिजमाण्डू
२०८२ भदौ ८ गते १७:४८ | Aug 24, 2025
कैलालीको फूलबारी गाउँबाट ६० लाखभन्दा बढीको मोबाइल पार्ट्स बरामद


काठमाडौं। कैलालीको धनगढी उपमहानरपालिका–१९ फूलबारी गाउँस्थित एक घरबाट सशस्त्र प्रहरीले करिब ६० लाख रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ।

Tata
GBIME

भारतबाट अवैधरूपले ल्याइ घरमा १० वटा पोकामा राखेको मोबाइल पार्ट्स सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले बरामद गरेको हो।

सशस्त्रको प्रधान कार्यालयको विशेष सूचनाका आधारमा बरामद गरेको भनिएको सामान कसले ल्याएको हो भन्ने खुलेको छैन। सशस्त्र प्रहरीले बरामद मोबाइल पार्ट्स आवश्यक कारबाहीका लागि सट्टि भन्सार कार्यालय टीकापुरमा बुझाएको छ।