
काठमाडौं। सुनको मूल्य बुधबार तोलामा १५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक लाख ९२ हजार रुपैयाँ निर्धारण भएको छ।
असार ९ गते प्रति तोला १ लाख ९५ हजार २०० रुपैयाँका दरले कारोबार भएको सुनको भाउ दुई दिनमा ३२०० रुपैयाँ घटेको हो। सुनको भाउ मंगलबार प्रति तोला १७०० रुपैयाँ घटेको थियो।
चाँदीको मूल्य बुधबार तोलामा २० रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला २ हजार १४० रुपैयाँ कायम भएको छ।