साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य

बिजमाण्डू
२०८२ असार २० गते १५:४१ | Jul 4, 2025
साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य

काठमाडौं। आगामी साउनदेखि नियुक्त हुने कर्मचारील] पेन्सन तथा उपदान नपाउने भएका छन्। सरकारले उनीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार आगामी आव २०८२/८३ बाट योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अनिवार्य गर्ने निर्णय गरेका छन्।

अर्थ मन्त्रालयले मन्त्री पौडेलको निर्णय अनुसार सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ।

सरकारले २०७५ देखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरेको थियो। तर, कतिपय नियामक निकाय, संस्थान, बोर्ड, समितिलगायतमा पेन्सन तथा उपदान सुविधा कायम छ।

योगदFनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने अर्थ मन्त्रालयले जनाएको छ।