BIZMANDU
www.bizmandu.com

सुनको भाउ प्रति तोला १५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो, कतिमा भइरहेको छ कारोबार?

२०८२ असार ११

सुनको भाउ प्रति तोला १५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो, कतिमा भइरहेको छ कारोबार?
सुनको भाउ प्रति तोला १५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं। सुनको मूल्य बुधबार तोलामा १५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक लाख ९२ हजार रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

असार ९ गते प्रति तोला १ लाख ९५ हजार २०० रुपैयाँका दरले कारोबार भएको सुनको भाउ दुई दिनमा ३२०० रुपैयाँ घटेको हो। सुनको भाउ मंगलबार प्रति तोला १७०० रुपैयाँ घटेको थियो।

चाँदीको मूल्य बुधबार तोलामा २० रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला २ हजार १४० रुपैयाँ कायम भएको छ।