दरमखोला हाइड्रोको आइपीओ निष्कासन, पहिलो चरणमा १३.२१ हजार कित्तालाई आवेदन माग

बिजमाण्डू
२०८२ असार ९ गते १०:२४ | Jun 23, 2025
दरमखोला हाइड्रोको आइपीओ निष्कासन, पहिलो चरणमा १३.२१ हजार कित्तालाई आवेदन माग

काठमाडौं। दरमखोला हाइड्रो इनर्जी कम्पनीले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो।

Tata
GBIME

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो।

त्यसैगरी, २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँका दरले २ लाख ९१ हजार ९५० कित्ता साधारण वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ।

कम्पनीको साधारण सेयरका लागि मुसीकोट नगरपालिका, गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा असार २३ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २३ गतेभित्र आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ। स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरमखोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्।